मन्त्री पद जोगाइदिन प्रचण्डलाई भेटेर गृहमन्त्री थापाले गरे याचना

मन्त्री पद जोगाइदिन प्रचण्डलाई भेटेर गृहमन्त्री थापाले गरे याचना

काठमाडौं । सत्तारुढ दल नेपाल मक्युनिस्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिपरिषद् पुर्नगठनमा जुटेको छ । हिजोको सचिवालय बैठकले मन्त्रिपरिषद् पुर्नगठनको बाटो खोलेसँगै मन्त्री बन्न नेकपाका नेताहरुको दौडधुप सुरु भएको छ । कोहि बालुवाटार पुगेर त कोही खुमलटार पुगेर मन्त्री बनाउन दबाव दिईरहेका छन् । 

त्यसैगरी २ वर्ष कार्यकाल पुरा गरेका मन्त्रीहरुको राजीनामा मागिने भएपछि केही मन्त्रीहरु भने आफ्नो मन्त्री पद जोगाउन पनि दौडधुप गरिरहेका छन् । मन्त्रीबाट फिर्ता बोलाउने चर्चा सुरु भएपछि गृहमन्त्री रामबहादुर थापाले आजै बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेको स्रोतको दाबी छ । 

प्रचण्डसँगको भेटमा थापाले कार्यसम्पादन कमजोर भएकालाई मात्र सरकारबाट फिर्ता बोलाउनुपर्ने राय राखेका थिए । घुमाउरो पारामा उनले आफूलाई सरकारमै रहिरहने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको स्रोतको दाबी छ । 

पार्टीभित्रको पछिल्लो विवादमा प्रधानमन्त्री ओलीलाई साथ दिएका थापालाई सरकारबाट फिर्ता बोलउन प्रचण्ड नै अगाडि सरेका थिए । यता प्रधानमन्त्री केपी ओलीले भने पूर्वमाओवादी तर्फका नेता भएपनि आफ्नो समर्थन गरिरहेका गृहमन्त्री थापा र लेखराज भट्टलाई भने सरकारमा निरन्तरता दिन चाहेका छन् । 

थापासँगको भेटमा प्रचण्डले मापदण्ड बनाएरै मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने र नयाँ नियुक्ति हुने भन्दै नजिककालाई च्याप्ने र टाढाकालाई मिल्काउने काम अब पार्टीमा नहुने बताएका थिए ।