सुनको भाउ फेरी पनि बढ्यो

सुनको भाउ फेरी पनि बढ्यो

काठमाडौँ : आईबार सुनको भाउ प्रति तोला ५ सय रुपैयाले बढेको छ । हिजो शनिबार ७० हजार ८ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ बढेर प्रति तोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ ५ सय रुपैयाले बढेको हो । यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाले बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।