शनिबार बिदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ : शनिबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । शनिबार ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो एकको खरीदार २७ रुपैया १८ पैसा र बिक्रीदर २७ रुपैया ३२ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको थियो ।

शनिबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३६ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३८ पैसा रहेको थियो ।