किताब पढ्नुका १७ फाइदा

किताब पढ्नुका १७ फाइदा

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन्, तब जिन्दगीमा यस्त परिवर्तनहरू आउँछन् 

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरु पनि मान्छेहरू देखिन थाल्छन् ।

२, बन्दुक र चक्कुभन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ ।

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ ।

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ।

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ ।

६, आमा-बुबाको मूल्य बुझिन्छ ।

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्युजस्ता कुराहरूले जीवन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ । जीवनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् ।

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्बिरहरू पोष्ट गर्दछन् वास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ ।

९, प्रेम र कामवासनाको अन्तर बुझिन्छ ।

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ ।

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन ।

११, जोसँग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ ।

१२, जीवनमा शिक्षाको महत्त्व बुझिन्छ ।

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जीवनमा धेरै मान्छेहरूले त्योभन्दा राम्रो नाटक गरिराखेका हुन्छन् । यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् ।

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातका बारेमा थाहा हुन्छ त्यो हो- मानवता ।

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ ।

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् । बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं । केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् । यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ ।

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।