राजधानीमा निषेधाज्ञा थपको निर्णय आज, कहिलेसम्म थपिँदैछ ?

राजधानीमा निषेधाज्ञा थपको निर्णय आज, कहिलेसम्म थपिँदैछ ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थपसम्बन्धी निर्णय आज हुने भएको छ ।

मंगलवार राति अबेरसम्म बसेको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठक बुधवार निर्णय लिने भन्दै सकिएको थियो ।

तीनै जिल्लाका कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले भने निषेधाज्ञा १७ गतेसम्मलाई बढाउन सिफारिस गरिसकेको छ ।

डीसीसीएमसीको सिफारिस अनुसार १७ गतेसम्म निषेधाज्ञा थप्ने तयारी रहेको स्रोतले जानकारी दियो ।

यसअघि भदौ ३ गतेबाट लागू भएको निषेधाज्ञा आज राति  १२ बजेसम्मलाई छ ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो ।