आज थपिए ८५५ जना संक्रमित, थप ७ जनाको निधन

आज थपिए ८५५ जना संक्रमित, थप ७ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५३३ जना पुगेको छ। 

हाल संस्थागत आइसोलेनमा ८ हजार ५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या १९ हजार ११९ पुगेको छ । 

पछिल्लो २४ घण्टायता थप ७ जनाको निधन भएको छ । ययससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।