काठमाडौं उपत्यकामा थपिए २२४ जना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २२४ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २५ स्वाब परीक्षण गर्दा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । पछिल्लो २४ घण्टायता १७५ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणलाई जित्नेको संख्या १८ हजार ८०६ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । ति मध्ये ८ जनाको पछिल्लो २४ घण्टायता निधन भएको हो ।