ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, ओलीको फोनले बाटोबाटै फर्किए प्रचण्ड

ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, ओलीको फोनले बाटोबाटै फर्किए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ । बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको भेटवार्ता ११ बज्नै लाग्दा स्थगित भएको हो । 

नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन हिजो अध्ययन गरेका ओली प्रचण्डले आजदेखि एजेण्डागत छलफल सुरु गर्ने तयारी थियो । तर, प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको भन्दै भोलिका लागि भेटवार्ता गर्ने भन्दै प्रचण्डलाई फोन गरेका छन् । बालुवाटार हिँडेका प्रचण्ड बाटोबाटै फर्किएको स्रोतले बतायो ।

साउन ३० गते अध्यक्षद्वयले महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । हिजो प्रतिवेदन अध्ययन गरेका ओली प्रचण्डले भोलि हुने भेटवार्तामा आवश्यक परिमार्जनलगायतका विषयमा छलफल गर्नेछन् ।