काठमाडौं उपत्यकामा आज थपिए १६६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज थपिए १६६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १६६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आजसम्म मुलुकभर सक्रिय संक्रमित १३ हजार १५५ रहेको छ । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ । आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।