आज थपिए ८१८ जना कोरोना संक्रमित, २८१ जना डिस्चार्ज

आज थपिए ८१८ जना कोरोना संक्रमित, २८१ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार २६ स्वाब परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । पछिल्लो २४ घण्टायता २८१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणलाई जित्नेको संख्या १८ हजार ६३१ पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । ति मध्ये ३ जनाको पछिल्लो २४ घण्टायता निधन भएको हो ।