विप्लव समूहका ८८ जना नेताहरु जसपामा प्रवेश

विप्लव समूहका ८८ जना नेताहरु जसपामा प्रवेश

काठमाडौं । विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) को समूह जनता समाजवादी पार्टी ९जसपा०मा प्रवेश गरेको छ । लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । 

शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् । कोरोना महामारिलाई मध्यनजर गर्दै जीवन लामालाई मात्र खादा लगाएर पार्टी प्रवेश गराइएको थियो भने अन्य नेता तथा कार्यकर्ताहरुको नामावली अध्यक्षद्वय ठाकुर र यादवलाई बुझाइएको थियो । 

संक्षिप्त कार्यक्रममा अध्यक्षद्धयका साथ डा बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।