कोरोनाले काठमाडौंमा भयावह स्थिति आउने विज्ञहरूको चेतावनी, यी हुन् अति जोखिमपूर्ण क्षेत्र

कोरोनाले काठमाडौंमा भयावह स्थिति आउने विज्ञहरूको चेतावनी, यी हुन् अति जोखिमपूर्ण क्षेत्र

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरूको बढ्नु, सार्वजनिक यातायातको संचालनलगायतका कारणले उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको बुझ्न सकिन्छ ।

काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा परेको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको बताएका छन् । काठमाडौं उपत्यकामा संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण बढेको भन्दै उपत्यकामा तीन वटै जिल्ला निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकाका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा९ईडीसीडी० जनाएको छ । संक्रमितको ठेगाना, सम्पर्क नम्बरसहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या पर्ने गरेको छ ।

काठमाडौंमा पाँच बढी स्थानमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका छन् । कोटेश्वर, कुलेश्वर–बल्खु क्षेत्र, बालाजु क्षेत्र, असन, महाबौद्ध क्षेत्र, महाराजगञ्ज, हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी, मैतीदेवी, घट्टेकुलोलगायतका क्षेत्र अति जोखिममा रहेको बताइनछ ।  ।