माधव नेपालका पीएसओ र पछुवासहित ९ जनामा कोरोना संक्रमण

माधव नेपालका पीएसओ र पछुवासहित ९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पीसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको उनका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिए ।

उनका अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पीसीआर परीक्षण गराएका थिए । नेता नेपालमा भने सङ्क्रमण देखिएन ।

उनीहरू सबैको शुक्रबार रिपोर्ट आएको हो । सङ्क्रमण देखिएपछि सुरक्षाकर्मी आइसोलेसनमा छन् ।