काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै अब काठमाडौंमा २ हजार ४५३, ललितपुरमा ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।
शनिबार देशभर ६३४ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ हजार ११७ पुगेको छ। २४ घण्टामा १३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३५० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ । ति मध्ये ९ जनाको पछिल्लो २४ घण्टायता निधन भएको हो ।