काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९संक्रमित पुगेका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् भने ८ हजार ८३ छ। ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भएका छन् भने हालसम्म १७ हजार ९६४ जना निको भएका छन्। आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।