प्रचण्डसँग असझदारी उत्पन्न भएपछि ओलीले कार्यदल सदस्यलाई बालुवाटार बोलाए

प्रचण्डसँग असझदारी उत्पन्न भएपछि ओलीले कार्यदल सदस्यलाई बालुवाटार बोलाए

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । कार्यदल गठनपछि पनि प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असझदारी उत्पन्न भएको छ। जसको प्रभाव कार्यदलमा पनि परेको छ। 

कार्यदलका सदस्यहरु बालुवाटार पुगिसकेको एक सदस्यले जानकारी दिए। त्यहाँ प्रधानमन्त्रीले कार्यदलको प्रगति विवरण सुन्ने वा आवश्यक ब्रिफिङ गर्ने सक्ने उनको अनुमान छ। 

कार्यदलले ओली र प्रचण्डबीच भएका समझदारीलाई थप संस्थागत गर्ने तवरले सहमति खोज्ने प्रयास गरेको थियो । तर ओली र प्रचण्डबीच असमझदारी बढेपछि बुधबार बस्ने भनिएको बैठक महासचिव विष्णु पौडेलले स्थगित गरेका थिए ।