सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ : शुक्रबार सुनको भाउ प्रति तोला ४ सय रुपैयाले घटेको छ । हिजो बिहिबार ७१ हजार २ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ घटेर प्रति तोला ७० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ ४ सय रुपैयाले घटेको हो । यस्तै आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।