नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुधबार सुनसरी र पर्सामा थप तिन जनाको मुत्य भएको हो । सुनसरीमा ७१ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै पर्साको वीरगञ्‍जमा दुई जनाको मृत्यु भएको छ । महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गरेका छन् ।