काठमाडौं उपत्यकामा भोलिबाट एक साताको लागि निषेधाज्ञा जारी

काठमाडौं उपत्यकामा भोलिबाट एक साताको लागि निषेधाज्ञा जारी

काठमाडौं । भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौंमा निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा लगाइने  निर्णय गरेको हो। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो।  सोहि अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाइने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीसीएमसी) लाई सो अधिकार सुम्पिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि एवं अर्थ मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।