खुर्सानी खानोस्, यौनजीवन रङ्गीन बनाउनोस्

खुर्सानी खानोस्, यौनजीवन रङ्गीन बनाउनोस्

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा मानसिक स्वास्थ्यले तपाईंको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर, के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ?

जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ, तिनमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन्।

इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे रे। तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध भने पाइँदैन।

किंवदन्तीअनुसार ग्रिक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएकाले समुद्री खानेकुरा यौनवर्द्धक मानिन्छन्। मोलस्क जातिका प्राणीहरूमा प्रशस्त जिंक तत्व पाइन्छ, जुन टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन्। अनुसन्धान अनुसार जिंकले पुरुषको नपुंसकताको उपचार तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्‍याउँछ। जिंकका अन्य स्रोतहमा सेलफिस, रातो मासु, बियाँ (फर्सी वा तिल), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन्।

यौनस्वास्थ्य विज्ञ क्रिचमान भन्छन्, 'मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन्। र, यदि कसैमा केहीले काम गर्‍यो भने त्यसमा कारण किन खोजिरहनु?'

यौनवर्द्धक वस्तुलाई खासगरी तीन वर्गमा बाँडिएको छ- यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका। यिनले मानिसमा सफल काम गरेको भनेर नाप्ने वैज्ञानिक प्रमाणचाहिँ छैन। हालसम्म एउटा मात्रै यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ। त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाई नामक जीवमा यौनवर्द्धकको काम गर्छ।

यौनवर्द्धकका रूपमा परिचित कैयौँ चिजबिज स्वस्थ खानेकुरा नै हुन्। त्यसैले चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो।

वैज्ञानिकहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा 'प्रेम रसायन' फिनाइलइथाइलामाइन (पीईए) हुन्छ। कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीईएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ। साथै मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ। तर, चकलेटमा निकै कम मात्रामा मात्र पीईए हुन्छ।

चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको वैज्ञानिक आधार छैन। ट्रिप्टोफानका अन्य स्रोतहरू सालमन माछा, अण्डा, कुखुराको मासु, पालुङ्गोको साग, बियाँ, काजु, किसमिस तथा भटमास आदि हुन्।

यस्तै, खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं मुटुको चाल बढाइदिन्छ । पिरो खुर्सानीमा क्याप्साइसिन हुन्छ जसले इन्डर्फिन तत्वलाई सक्रिय पार्छ। खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ। यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ। तर, रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ। अत्यधिक रक्सी सेवनले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ। रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन।

स्रोतः बीबीसी फुड