बामदेव गौतमले एकाएक मागे ओली र प्रचण्डको राजीनामा

बामदेव गौतमले एकाएक मागे ओली र प्रचण्डको राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । दुबै अध्यक्ष पार्टीको जारी विवाद समाधानमा असफल भएको भन्दै उनले राजीनामा मागेका हुन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमले एकाएक अध्यक्षद्धयको राजीनामा मागेका थिए । विवाद समाधान कार्यदल गठनप्रति आपत्ति जनाउदै गौतमले ओली र प्रचण्डले राजीनामा दिनुपर्ने बताए । 

'के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ, गौतमको भनाई अध्रित गर्दै एक सचिवालय सदस्यले भने 'सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ? हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल बनाएकोमा मेरो आपत्ति छ ।'

आफ्नो एजेण्डामै नेकपाको विवाद समाधान हुनलागेको भन्दै कार्यदलको संयोजक आफूलाई बनाइनुपथ्यो भन्दै गौतमले आपत्ति जनाएका थिए ।  कार्यदलको संयोजक महासचिव विष्णु पौडेललाई बनाएर आफूभन्दा माथि राख्न खोजिएकोमा गौतमको आपत्ति थियो ।