काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका थिए ।
भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।
ओली मन्त्रिपरिषद् पुर्नगठनको क्रममा रहेकोले कांग्रेसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतको दाबी छ । देउवाले भने सरकारमा सहभागि हुन गरिएको आग्रहलाई औपचारिकता पूरा गरेको रुपमा बुझेको प्रतिक्रिया दिएका थिए ।