नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार ९ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीभित्र देखा परेका समस्याबारे छलफल हुने र सरकारका कारबाहीका विषयमा पनि समिक्षा हुने बताइएको छ ।शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गर्न बैठक बोलाइएको स्रोतले जानकारी दियो । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए । असार १८ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक बस्न नसकेपछि अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिँदै आएका थिए ।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पूनर्गठनबारे पनि छलफल हुने बताइएको छ । अध्यक्षद्धय मन्त्रिपरिषद् पूनर्गठन गर्न र ३ जना मुख्यमन्त्री फेर्न सहमत भएको स्रोतको दाबी छ ।