नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाले ट्विट गर्दै लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ।'

यसअघि प्रधानमन्त्री ओलीले भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। भारतीय समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका थिए।

सीमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। आज भएको कुराकानीले दुई देशबीच देखिएको तीक्तता हटेर जाने विश्वास गरिएको छ।