बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत अर्का एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।
उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
डा गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो।