काठमाडौं । कोरोना भाइरसको जोखिम काठमाडौं उपत्यकामा पनि बढिरहेको छ । कोरोना संक्रमण बढेसँगै उपत्यकामा जोर बिजोर लागु गरिएको छ । त्यसैगरि उच्च जोखिम भएका ठाउँमा सिल गरिएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि कलंकी क्षेत्रमा पनि सील गरिएको छ । सील गरेपछि सो क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेक अरु प्रतिबन्ध लगाइएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू पनि बन्द गरिएको छ ।
स्थानियवासी, स्थानीय क्लब, वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका अरु प्रतिबन्ध लगाइएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहँदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ । कोटेश्वर, न्यूरोड, कपन, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।