फूटपाथ र ठेलागाढामा सामान बेच्नदेखि के-के गर्न नपाइने, यी हुन् आधिकारिक निर्णय

फूटपाथ र ठेलागाढामा सामान बेच्नदेखि के-के गर्न नपाइने, यी हुन् आधिकारिक निर्णय

काठमाडौं । सरकारले आजबाट फूटपाथ तथा ठेलागाढामा तरकारी तथा विभिन्न सामग्री बेच्न रोक लगाउने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

'फूटपाथ/खुला ठाउँ र ठेलागाडा/साइकलमा संचालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडालगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुँदा भीडभाड बढ्ने र कोभिड-१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन तथा स्थानीय तहले निषेध गर्ने,' मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

यस्ता छन् निर्णयहरू :