नेपालमा ९१ हजार स‌ंक्रमित पुग्न सक्छन् :  स्वास्थ्यमन्त्री ढकाल

नेपालमा ९१ हजार स‌ंक्रमित पुग्न सक्छन् :  स्वास्थ्यमन्त्री ढकाल

काठमाडौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोराना भाइरस संक्रमणको  जोखिम उच्च रहेको बताएका छन्। परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री ढकालले विज्ञहरुले अहिले कोरोनाको उच्च जोखिम रहेकाले संक्रमितको दर बढ्ने बताएका छन्।  

भाद्र २ सम्म कोरोना उच्च जोखिमको अवस्था रहेको र यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार जनासम्म स‌ंक्रमित हुनसक्ने उनले बताए । पछिल्ला दिनमा १० हजार ७ सय  ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको भन्दै उनले पछिल्ला दिनमा दुई सूचक हाम्रा लागि राम्रो नभएको बताए। 'विश्वलाई नियाल्दा पहिले भयावह भएको ठाउँमा फेरि बढेको रेकड छैन' उनले भने, 'हिजो जहाँ झिल्को देखिएको थियो  त्यही डडेलो देखिएको छ। विरगञ्ज, नेपालगञ्ज लगायतको क्षेत्रलाई लिन सक्छौँ।'  

भारतमा कोरोना नियन्त्रण नगरिकन नेपालमा हुन नसक्ने ढकालको भनाइ छ।  सरकारले अहिलेसम्म व्यवस्थित रुपमा पीसिआर परीक्षण गरिरहेको बताए।