गोंगबु हत्या प्रकरण : हत्या गरेको स्वीकार्दै कल्पनाले दिइन् यस्तो वयान

गोंगबु हत्या प्रकरण : हत्या गरेको स्वीकार्दै कल्पनाले दिइन् यस्तो वयान

काठमाडौंं । गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण खुलेको छ । प्रहरी स्रोतका अनुसार हत्याको कारण यौन रहेको पाइएको छ । हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई सेक्सुअल ह्यारेसमेन्ट गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्। 

महिला शाहीको भनाई उदृत गर्दै अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले भने, ‘ममाथि पटकपटक सेक्सुअल ह्यारेसमेन्ट भयो। त्यो सहन नसकेपछि अन्तिममा हत्या गर्न बाध्य भएँ।’

शाहीले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छिन्। किला ठोक्न प्रयोग हुने हम्मरले बोहराको संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन्। अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ।

हम्मरले हानेर मारिसकेपछि शाहीले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् । सुटकेशमा लाश नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको शाहीले बताएको स्रोतले जानकारी दिएको छ । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको छ ।

प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ ।  ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।