काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ५६ जना, भक्तपुरका ३ जना र ललितपुरका ३  जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो पनि काठमाडौं उपत्यकामा १०६ जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौं उपत्यकामा जोखिम बढिरहेको छ।

नेपालमा शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।