गृहमन्त्री थापाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

गृहमन्त्री थापाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

काठमाडौं । कोरोना संक्रमितसँगै एउटै कार्यक्रममा सहभागी भएका  गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट नेगेटिभ आएको छ। बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका गृहमन्त्री थापासहित अन्य प्रदेशका मन्त्रीहरुको कोरोना परीक्षण गरिएको थियो।

कोरोना परीक्षणका लागि गृहमन्त्री थापाले बिहीबार स्वाब दिएका थिए। शनिबार उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ। ‘सम्पर्कमा रहेका प्रदेश २ का मन्त्रीलाई कोरोना पुष्टि भएपछि गृहमन्त्रीज्युले बिहीबार स्वाब परीक्षणका लागि दिनुभएको थियो, शनिबार बिहान आएको उहाँको रिपोर्ट नेगेटिभ छ’, सचिवालएका एक सदस्यले भने।

कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेका छन्। झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए।