काठमाडौं उपत्यकामा आजै थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आजै थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ८९ जना, भक्तपुरका ७ जना  र ललितपुरका  १० जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ८७ जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

नेपालमा शुक्रबार ४सय ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १५ हजार ८१४ जना निको भएका छन्।

पछिल्लो २४ घण्टायता ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा कोरोनाको कारण ७० जनाको निधन भैसकेको छ ।