शुक्रबार थपिए ४६४ जना संक्रमित, संक्रमितको संख्या २२ हजार २ सय नाघ्यो

शुक्रबार थपिए ४६४ जना संक्रमित, संक्रमितको संख्या २२ हजार २ सय नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार ४सय ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १५ हजार ८१४ जना निको भएका छन्।

पछिल्लो २४ घण्टायता ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा कोरोनाको कारण ७० जनाको निधन भैसकेको छ ।