काठमाडौंको यी क्षेत्र सिल गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय

काठमाडौंको यी क्षेत्र सिल गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई साताको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रशासनको निर्णय अनुसार जोरबिजोर प्रणालीलाइ पनि कडाइका साथ लागु गरिने छ । 

जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई पनि सिल गरिने छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।

उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा प्रस्तुत हुने निर्णय भएको छ । बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ। संक्रमणको जोखिम बढेको स्थितिलाई ध्यानमा राख्दै नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय गरिएको छ ।