नारायणकाजीलाई ओलीका राजनीतिक सल्लाहकार रिमालको 'ट्वीट आक्रमण'

नारायणकाजीलाई ओलीका राजनीतिक सल्लाहकार रिमालको 'ट्वीट आक्रमण'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहका विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।  रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।  

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायाणकाजी श्रेष्ठले गोप्य पत्रकार भेला बोलाएपछि गुटको प्रश्रय गर्न थालेको आरोप लाग्दै आएको छ भने पार्टीको आन्तरिक द्वन्द्व गहिरिँदै गएको छ । 

उनले ट्विटरमा लेखेका छन्, 'इनफ इज इनफ @nksthaprakash जी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस । ‘विधी र पद्धती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस् ।' 

प्रचण्ड नेपाल समूहले आज सम्पादकहरुसँग छलफलको कार्यक्रम तय गरेको भएपनि ओली पक्षले आपत्ति जनाएपछि स्थगित भएको बताइएको छ ।