नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६८ पुग्यो

नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६८ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको निधन हुनेक्रम आक्रमक रुपमा बढिरहेको छ । यसैक्रममा पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो । उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। डा। शर्माले मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो।

त्यस्तै सिरहा गोलबजारका २५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी दुई वर्षदेखि किड्नीका बिरामी थिए। जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका उनलाई कोरोना पोजेटिभ देखिएपछि धरान रिफर गरिएको थियो। अस्पताल भर्ना गर्नेबित्तिकै उनको डायलासिस थालिएको थियो। त्यहीँ क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको घरमा नै मृत्यु भएको थियो । अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहका अनुसार उनी मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ।