नेपालमा एकै दिन कोरोनाबाट सर्वाधिक पाँच जनाको मृत्यु पुष्टि, मृतकको संख्या ६५ पुग्यो

नेपालमा एकै दिन कोरोनाबाट सर्वाधिक पाँच जनाको मृत्यु पुष्टि, मृतकको संख्या ६५ पुग्यो

काठमाडाैं । बिहीवार नेपालमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  दिएको छ। एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।

नेपालका विभिन्न स्थानमा बिहीबार थप ३६० जनामा कोभिड-१९ पुष्टि भएको छ। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,२९६ छ।