बिहीबार थपिए ३६० जना संक्रमित, संक्रमितको संख्या २१ हजार ७५० पुग्यो

बिहीबार थपिए ३६० जना संक्रमित, संक्रमितको संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं । नेपालमा बिहीबार ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १५ हजार ३८९ जना निको भएका छन्।

पछिल्लो २४ घण्टायता ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा कोरोनाको कारण ६५ जनाको निधन भैसकेको छ ।