सुवास नेम्वाङलाई प्रचण्डले भने 'ओलीसँग अव वार्ता हुँदैन'

सुवास नेम्वाङलाई प्रचण्डले भने 'ओलीसँग अव वार्ता हुँदैन'

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग वार्ताको औचित्य नभएको बताएका छन् । आज आफ्नै निवास खुमलटारमा नेता सुवास नेम्वाङसँगको भेटमा उनले ओलीसँग वार्ताको औचित्य नभएको बताएका हुन् । 

नेकपामा विभिन्न गुटका भेला भइरहेका बेला  संसदीय दलका उपनेता नेम्वाङले आज प्रचण्डलाई भेटेर जारी विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गरेका थिए । नेम्वाङले पार्टीमा देखिएको समस्यालाई समधान गर्न पहल गर्नुपर्ने र दुबै अध्यक्षले सहमतिको वातावरणलाई बिगार्न नहुने बताएका थिए । 

प्रचण्डले प्रधानमन्त्री सहमतिका निम्ति तयार नभएको बताएका थिए ।  'पार्टीले गरेको निर्णय मान्छु भन्नु पर्‍यो । आरोप प्रत्यारोप लगाउने काम बन्द गर्नु पर्‍यो । अनि मात्रै  वार्ता गर्न सकिन्छ । अन्यथा तिक्तता बढाउन किन वार्तामा बस्नु पर्यो' भनेर नेम्वाङलाई प्रतिप्रश्न गरेका थिए ।