प्रचण्डका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि, प्रचण्डको स्वाब संकलन गर्ने तयारी

प्रचण्डका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि, प्रचण्डको स्वाब संकलन गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि प्रचण्डलगायत उनका परिवारको स्वाब संकलन गर्ने तयारी भैरहेको छ । 

यता प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालगायतलाई भेटेर जनकपुर फर्किएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।