बहुमतको आधारमा सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बहुमतको आधारमा सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मन्त्रीपरिषदको बैठक डाकेका छन । बिहिबार मन्त्रिपरिषदको बैठक बस्ने तयारी भैरहेको बताइएको छ । अपरान्ह ४ बजे बैठक बस्ने सरकारका एक मन्त्रीले बताए । 

नेकपा विवाद चुलिएकै बेला अचानक बैठक बोलाउंदा अर्थपूर्ण तरिकाले हेरिएको छ । बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ । कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो । 

नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ । ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।

 कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बहुमतको आधारमा प्रधानमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेलगतै प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठकको आब्हान गर्दा राजनीतिक वृत्तमा विभिन्न शंका उपशंका उब्जिएको छ ।