काठमाडाैं । पर्सामा एक युवतीको मृत्युपश्चात कोरोना पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका निवासी १८ वर्षीया युवतीको अस्पताल लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको थियो ।
पटक-पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिए ।
बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीको मंगलबार राति कोरोना परीक्षण गरिएको थियो । परीक्षणको नतिजा पोजिटिभ आएको डा उपाध्यायले बताए । योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । नेपालभर संक्रमणबाट ज्यान गुमाउनेको संद्यया भने ५९ पुगेको छ ।