काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
नयाँ संक्रमितमा काठमाडौँका ४८ जना, ललितपुरका एक जना र भक्तपुरका १३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार २६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ ।