मंगलबार थपिए २५९ जना संक्रमित, संक्रमितको संख्या २१ हजार नाघ्यो

मंगलबार थपिए २५९ जना संक्रमित, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । नेपालमा मंगलबार २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १५ हजार २६ जना निको भएका छन्।

पछिल्लो २४ घण्टायता ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा कोरोनाको कारण ५८ जनाको निधन भैसकेको छ ।