सरकारले हाम्रो सुझाव नमान्दा कोरोनाले महामारीको रुप लियोः देउवा

सरकारले हाम्रो सुझाव नमान्दा कोरोनाले महामारीको रुप लियोः देउवा

काठमाडौं । प्रधानमन्त्रीसँगले बोलाएको कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्शमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन् । परामर्शमा आफ्ना धारणा राखेर बालुवाटारबाट बाहिरिएका देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन लाउनुपर्यो ?’

उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् । उनले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन ।’