वामदेवलाई भेटेर प्रचण्डले भने-ओलीले जे गरेपनि समर्थन गर्दै जाने हो ?

वामदेवलाई भेटेर प्रचण्डले भने-ओलीले जे गरेपनि समर्थन गर्दै जाने हो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवास भैँसेपाटी पुगेर भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली वार्ताको क्रममा बैठकबाट भाग्ने संकेत गरेपछि प्रचण्डले गौतमलाई भेटेका हुन् । 

प्रचण्डले गौतमलाई ओलीकै इशारामा अगाडि बढ्दै जाने हो भने नेकपाको भविष्य अन्धकार हुने बताएका थिए । 'ओलीजी स्थायी कमिटी बैठक बसाउनै चाहनुहुन्न, नत राजीनामा दिन तयार हुनुहुन्छ । ओलीजीले जे गरेपनि हामीहरुले हस् भन्दै पछि लाग्नु पर्ने हो ?' गौतमलाई प्रचण्डले प्रश्न गरेका थिए । 

ओलीका गलत प्रवृद्धिविरुद्ध लडिरहेको बेला ओलीलाई नै समर्थन गरेर गल्ती गरेको भन्दै समर्थनलाई लिएर पुनःविचार गर्न आग्रह गरेको स्रोतको दाबी छ । ओली वार्ताको क्रममा तपाईहरुसँग बहुमत छ, जे सक्नुहुन्छ गर्नुहोस् भन्दै वार्ता र सहमतिवाट भाग्ने काम गरेको भन्दै अव बहुमतको आधारमा पार्टी कमिटीबाटै निर्णय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए । 

यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । त्यसयता गौतम  ओलीनिकट रहेर अभिव्यक्ति दिंदै आएका छन् ।