कोरोना संक्रमण बढेपछि विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री, पुन: लकडाउन होला ?

कोरोना संक्रमण बढेपछि विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री, पुन: लकडाउन होला ?

राजधानी काठमाडौंंसहित देशैभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार स्वास्थ्य विज्ञहरूसँग छलफल गर्दैछन् ।

२० जनाभन्दा बढी स्वास्थ्यविज्ञलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन कस्तो रणनीति अपनाउने भन्ने विषयमा सुझाव माग्न प्रधानमन्त्री ओलीले विज्ञहरूलाई बालुवाटार बोलाएका हुन् ।

यसअघि पनि एकपटक प्रधानमन्त्रीले विज्ञहरूसँग छलफल गरेका थिए ।

फेरि लकडाउन गर्ने कि नगर्ने, कोरोना नियन्त्रणका लागि कस्तो रणनीति अपनाउने भन्ने विषयमा विज्ञहरूसँग छलफलपछि निर्णय लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि कोरोना परीक्षण र संक्रमण प्राय: क्वारेन्टिनमा मात्र सीमित रहे पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका मानिस तथा सुरक्षाकर्मीहरूमा समेत संक्रमण देखिन थालेको छ ।