उपत्यकाका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकाका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ४३ जना, भक्तपुरका ५  जना र ललितपुरका  ३ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३१ जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । लकडाउन पूर्णरुपमा खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

नेपालमा सोमबार ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३५८ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १४ हजार ९ सय ६१ जना निको भएका छन्।

कोरोनाको कारण ५७ जनाको निधन भैसकेको छ ।