साेमबार थपिए ४१८ जना संक्रमित, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

साेमबार थपिए ४१८ जना संक्रमित, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौं । नेपालमा सोमबार ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३५८ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म १४ हजार ९ सय ६१ जना निको भएका छन्।

कोरोनाको कारण ५७ जनाको निधन भैसकेको छ ।