ओली-प्रचण्डबीचको वार्ता सकियो,  भयो यस्ताे सहमति

ओली-प्रचण्डबीचको वार्ता सकियो,  भयो यस्ताे सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।

ओली र प्रचण्डबीच आजको वार्तामा चैत महाधिवेशनमा  आफूहरु बाहेकका शीर्ष नेताहरुको भूमिका के हुने भन्नेबारे छलफल भएको थियो । उनीहरुबीच महाधिवेशनबाट ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने समझदारी बनेको छ । त्यसको लागि ओलीलाई सेरेमोनियल सर्वोच्च नेता बनाइनेबारे पनि अध्यक्षद्धयबीच समझदारी बनेको स्रोतको दाबी छ । 

तत्कालको विवाद समाधानको लागि सचिवालयबाट छलफल चलाउने या स्थायी कमिटीबाट भन्नेमा भने ओली प्रचण्डबीच सहमति भैसकेको छैन । ओली सचिवालयबाट विवाद समाधान गर्ने पक्षमा छन् भने प्रचण्डले भने जारी स्थायी कमिटी बैठकबाटै समस्या समाधानको प्रयार गर्नुपर्ने अडानमा छन् । उनीहरुबीच भोलि वार्तामा बसेर यस विषयमा सहमति गर्ने समझदारी बनेको छ । 

सचिवालय कि स्थायी कमिटी बैठक भन्नेमा अभ्यक्षद्यबीच कुरा नमिलेपछि वार्तामा सहभागि नेता खनालले भने केन्द्रीय कमिटी नै बोलाएर छलफल गर्दा उपयुक्त हुने प्रस्ताव पेश गरेका थिए । यी विषयमा भोलि मंगलबार साँझ ५ बजे फेरि वार्तामा बसेर  सहमति गर्ने निष्कर्षका साथ आजको वार्ता सकिएको थियो ।